सुनको मूल्य १ लाख ९०० रुपैयाँ पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

चैत ११, काठमाडौं । स्थानीय बजारमा शुक्रवार पनि सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । गत साता लगातार घटिरहेको सुनको मूल्य यो साता आइतवार देखिनै बढिरहेकोमा बिहीवार एकै दिन १ हजार १०० रुपैयाँले बढेर १ लाख नाघेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ३०० सय रुपैयाँ कायम भएको थियो ।  यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरि, अन्तरराराष्ट्रिय बजारमा पनि शुक्रवार सुनको मूल्य बढेको छ । शुक्रवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९५९  दशमलव ९६ डलर पुगेको छ । त्यसैगरी, यो दिन  अमेरिकी डलरको भाउ पनि बढेको छ । शुक्रवार १ डलरको विक्रीदर १२२ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो दिन १ डलरको विक्रीदर १२२ रुपैयाँ ३८ पैसा रहेको थियो ।     

सम्बन्धित सामग्री

घट्यो सुनचाँदीको मूल्य, कति छ बजाउ भाउ ?

२ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ […]

आज कति छ सुनचाँदीको बजार भाउ ?

२० पुस, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ रहेको छ । बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको […]

आज कति छ सुनचाँदीको भाउ ?

९ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ हुँदा तेजावी सुनको मूल्य १ लाख १८ हजार ३५० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ । महासंघका […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

५ मंसिर, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख १५ हजार ६५० र चाँदीको मूल्य १ हजार ४५५ […]

सुनको भाउ १२०० रुपैयाँले घट्यो

२४ वैशाख, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ […]

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

१८ वैशाख, काठमडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको […]

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

२६ माघ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० […]

सुनको मूल्य १ लाखभन्दा तल झर्‍यो, चाँदी भने स्थिर

वैशाख १३, काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । यसअघि चैत २५ गते ९९  हजार ५०० रुपैयाँमा कारोबार भयेको थियो । त्यसयता सुनको मूल्य १ लाख रुपैयाँभन्दा माथि रहँदै आएको थियो ।   सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको  छ। अघिल्लो दिन १० रुपैयाँले घटेको चाँदी मूल्य यो दिन भने स्थिर रहेको छ।  यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९०३ दशमलव ४६ डलर पुगेको छ । त्यसैगरी, तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य यो दिन भने बढेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२३ दशमलव शून्य १ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव ६८ रुपैयाँ थियो।

सुनचाँदीको मूल्य स्थिर

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य स्थिर कायम भएको हो । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ थियो । आज पनि छापावाल सुन र तेजाबी सुनको मूल्य सोही कायम भइ कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । गत शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी द

सुनको मूल्य १ लाखभन्दा तल, एकैदिन १३०० रुपैयाँले घट्यो

चैत १५, काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य १ लाख रुपैयाँभन्दा तल झरेको छ । यो दिन सुनको तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँमा खरीदविक्री भएको थियो । यस्तै, चाँदीको मूल्य पनि ‌ओरालो लागेको छ । यो दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कायम भएको छ ।सोमवार भने मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो  दिन सुनको मूल्य घटेको छ । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२३ दशमलव ७२ डलर पुगेको छ । त्यसैगरी, यो दिन  अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । मंगलवार एक अमेरिकी डलरको विक्रीदर१२२ रपैयाँ १६ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिन डलरको विक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको थियो ।