जनकपुरधाम– सर्लाहीमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार बिहान तेलको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको र छोरा घाइते भएको जिल्ला प्रहरी कर्याालय सर्लाहीले जनाएको छ। जिल्लाको बागमतीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश […]