यी २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लालाई कोरोनाका संक्रमणको संवेदनशील सूचीमा राखेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा नजान आग्रह गरेको हो। यो सूचीमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, अबिर्दाया, कपिलबस्तु, सुर्खेत, कैलाली र कन्चनपुर अतिप्रभाविक जिल्लामा परेका छन्।