म्याग्दीका युवा भेडापालनमा आकर्षित

म्याग्दी । म्याग्दीका युवाहरु परम्परागत भेडापालनमा आकर्षित भएका छन् । विदेश गएर फर्किएका युवाहरु स्वदेशमै केही गर्ने भन्दै भेडा पालनमा लागेका हुन् । धाैलागिरी गाउँपालिका मल्काबाङका देवान छन्त्यालसहितका युवाहरु अहिले भेडापालनमा लागेका छन् । उनीहरुले धाैलागिरी हिमालको काखमा ६ सय बढी भेडापालन गर्दै आएका छन् । यहाँका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालनगरि भेडापालन गर्दै आउनुभएका […]

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् । पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।” व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

म्याग्दीका युवा भैंसी पालनतर्फ आकर्षित

म्याग्दी । पछिल्लाे समय आफ्नै गाउँ-ठाउँमा कमाई गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीड नै छ । तर म्याग्दीका एक जना युवाले भने गर्न सक्नेमा नेपालमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुराकाे प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल ४ वर्ष युएईमा काम […]

विदेशबाट फर्किएका म्याग्दीका युवा माछा व्यवसायतर्फ आकर्षित

म्याग्दी । म्याग्दीका युवाहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवाहरु माछापालनमा आकर्षित भएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–३ टिमुरे खोलामा ३ जना युवाले गरेको रेन्बो ट्राउट माछा पालन यस क्षेत्रकै नमूना माछा पालन भएको छ । १० वर्ष खाडी मुुुलुकमा काम गरेर फर्किएका पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र हरिबहादुर रोकाले संयुक्त […]

सुनिन छाडे मालश्री धुन, देखिएनन् चंगा

असोज ३०, गलेश्वर(म्याग्दी) । दशैंको पहिलो दिन घटस्थापनादेखि नै  टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन ।  बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैं आएको संकेत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् । पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताए । ‘घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो’, हुमेनले भने ।  आजभोलिजस्तो संगीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैंको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उनको भनाइ छ । सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताए ।  पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उनको भनाइ छ ।  केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउँछन् ।  किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ । त्यसैगरी दशैंमा चंगा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चंगा पछिल्लो समय खुला आकाशमा रङ्गमय चंगा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताए ।  अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत  मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चंगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् । अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइ रहेको छ ।  दशैंलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ । केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चंगा उडेको दृश्य देखिन्थ्यो तर यो पटकको दशैंमा एउटै चंगा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताए ।   मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चंगा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चंगा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चंगा उडाउँदा दूर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताए । अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ । रासस

म्याग्दीमा फस्टाउँदै प्रांगारिक तरकारीखेती

म्याग्दी । कोरोना महामारी शुरू भएयता म्याग्दीमा प्रांगारिक तरकारीखेतीको लहर चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरू फुर्सदिला बनेको र घरगाउँमै सीमित रहनुपर्ने बाध्यताले उनीहरू प्रांगारिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । प्रांगारिक तरकारीखेतीबाट राम्रो उत्पादन र मनग्गे फाइदा भएपछि जिल्लाका किसान व्यावसायिक रूपमै अग्र्यानिक तरकारी उत्पादनतर्फ लागेका छन् । २८ वर्षदेखि कृषि पेशामा लागेका बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता तरकारीको आम्दानीबाट सन्तुष्ट छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकै १२ रोपनी खेत र बारीमा उनले प्रांगारिक तरकारीखेती गर्दै आएका छन् । महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण बढेसँगै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको उपभोग बढाए । जिल्लामा आयातित तरकारी र फलफूल नपाइएको र त्यसमा रुचि पनि नभएपछि बजारवासीले कृषककहाँ पुगेरै तरकारी खरीद गर्न थाले । यसले कार्कीजस्तै व्यावसायिक तरकारीखेतीमा लागेका किसान उत्साहित छन् । खबराकै अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी लगायत कृषकले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीवाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका कृषक कार्कीले २०७६ चैतदेखि २०७८ को वैशाखसम्म तरकारी विक्रीबाट ११ लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका कृषक पौडेलले पनि गतवर्ष आफूले तरकारीबाट सोचभन्दा बढी आम्दानी गरेको सुनाए । म्याग्दीका ६ ओटा स्थानीय तहमा गरी २ सयभन्दा बढी कृषक व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारीखेतीमा लागेका किसान पछिल्ला वर्षमा उल्लेख्य आम्दानी गर्न सफल भएको कृषि प्राविधिक जगत बानियाँ बताउँछन् । बानियाँ भन्छन्, ‘कोरोना कहर शुरू भएयता मानिसले अग्र्यानिक उत्पादनको महŒव बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको छ ।’ कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीको पनि अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरन्जा सडकको छेउमा रहेको उनको बारीमा अग्र्यानिक तरकारी खरीद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । म्याग्दीमा निजीक्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आवेबगरमा करीब १० करोड रुपैयाँ र मंगला गाउँपालिकाको हिदीमा ३ करोड रुपैयाँ लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् ।

टनेलमा व्यावसायिक तरकारी खेती

प्रताप बानियाँ, म्याग्दी । वैदेशिक रोजगारीबाट फर्किएका युुवाको समूह व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्ने उद्देश्यका साथ बाँझै र खेर गएको जग्गा जमिने उपयोग गरी कृषि उत्पादन गर्नेतर्फ उनीहरू लागेका हुन् ।पछिल्ला दिनमा म्याग्दीका युवा व्यावसायिक रुपमा कृषि, पशु पालन र कुखुरा पालन व्यवसायतर्फ आबद्ध बनेका छन् । सानो लगानी […]

व्यावसायिक माछापालनमा युवा

स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवा हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपूर्ण गाउपालिका–२ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले तातोपानीको बेंसीमा ब्यावसायिक माछापालन सुरु गरेका छन् ।