फेवातालबाट ५ करोड ८० लाख लिटर पानी बहेर गयो, अब कहिले भरिएला ? (हेर्नुस्, भिडिओ)

फेवातालमा पानी जम्मा हुने मुख्य स्रोत नै यसको मुहान हर्पन खोला हो। यसका अलवा अन्य स–साना खोला र खहरेबाट बहेको पानी पनि फेवातालमा मिसिन्छ। वर्षायाममा फेवाताल आसपासका डाँडा, पोखरा शहर र खहरे खोलाहरुबाट आएका बाढीको विसर्जन फेवातालमै हुनेगर्छ। यसरी फेवाताल भरिन लामो समय लाग्नसक्ने जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्राविधिकहरू बताउँछन्।