सीजी ब्रुअरीले ल्यायो टिमुर बियर

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले पहिलोपटक टिमुर बियर नेपाली बजारमा ल्याएको छ । नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो । उक्त बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको सम्मिश्रणबाट तयार पारिएको सीजी ब्रुअरीले जनाएको छ । टिमुरको स्वादमा उत्पादन गरिएको योे बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास लिएको कम्पनीले जनाएको...