माओवादी केन्द्रको बन्दसत्रमा १३ टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेक्रम जारी

नेकपा माओवादी केन्द्रको बन्दसत्र अन्तरगत अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी रहेको छ । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो भने सो दिन ११ टोली नेताले आफ्नो रिपोर्ट पेश गरेका थिए । यस्तै बिहीबार बाँकी १३ टोली नेताले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा समन्वय समितिको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो रिपोर्ट पेश गरेका छन् । अन्य टोली नेताले पनि क्रमशः रिपोर्ट