काठमाडौं, असार १३ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन)ं सम्बन्धी उपमहासचिव जिन पियरे लाक्रोइससँग मङ्गलबार रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् […]