काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ।
त्यस्तै, ३० लाख भ्यूज पुर्याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ।