नेपाली भाषा र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नेपालीभाषीहरुले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन् ।थाइल्याण्डको राजधानी बैंककमा सोमबार भएको नेपालीभाषीहरुको सम्मेलनले एएनओ गठन गरेको हो ।