तुलसीपुर उपमहानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण

 तुलसीपुर उपमहानगरपालिकाले छात्राहरूलाई ५० वटा साइकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरूको सशक्तीकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण