म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन । यही असोज ८ […]
संविधान जारी भएको एक दशकसम्म पनि आवश्यक कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नभएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। विराटनगरमा मंगलबार सुरु अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले अधिकार उपयोग गर्न नदिई प्रदेशबाट परिणाम खोज्ने प्रवृत्तिले सेवा प्रवाह र विकास निर्माण प्रभावित भएको बताएका हुन्। छ प्रदेशका मुख्यमन्त्री सहभागी सम्मेलनमा प्रहरी समायोजन, संघीय निजामती […]
जापानले विदेशी श्रमिकको कुल सीमा नबढाई जनशक्ति अभाव भएका क्षेत्रमा भर्ना जारी राख्न क्षेत्रगत कोटा फेरबदल गर्ने तयारी गरेको छ। जापानी सञ्चारमाध्यम निक्केई एसियाका अनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) कार्यक्रमअन्तर्गत खाद्य सेवा र केयरगिभर क्षेत्रमा परिवर्तन प्रस्ताव गरिएको हो। प्रस्तावअनुसार स्वास्थ्य संस्था तथा सामाजिक कल्याण केन्द्रमा खाना बनाउने र वितरण गर्ने कामलाई खाद्य तथा पेयपदार्थ […]
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुन:सञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पुर्याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो । मुख्य पोखरी र […]
नेपालीहरूको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत् र छठ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेका पर्व हुन् । यी पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सद्भाव र खुशी साटासाट गर्ने अवसर प्रदान गर्छन् । मान्यजनबाट आशीर्वाद लिने, सानालाई माया बाँड्ने, टाढिएका आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाएर रमाउने परम्परा नेपाली […]