काठमाडौं : गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।आज बसेको पूर्व स्थायी कमिटीको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा व्याख्यात्मक विश्लेषण भएको छ। सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको दाबी छ।यसअघि कुनै पनि हालतमा एमसीसीका पक्षमा नउभिने माओवादी केन्द्रले निर्णय गरेर नेताह