२७ लाख क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो रुकुम पश्चिमको यातायात

रुकुम (पूर्व) : रुकुम पश्चिममा क्षतिपूर्ति पाउनुपर्ने मागसहित  बुधबार भएको यातायात बन्द पीडित पक्षलाई २७ लाख रूपैयाँ दिने सहमति भएपछि खुलेको छ। गत मंसिर २० गते भएको बस दुर्घटनाका पीडित, बस मालिक र  यातायात समितिबीच दिउँसो सहमति भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा भएको छलफलमा पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको हो।सिस्ने हिमाल यातायात प्रालिका २ जना मालिकले पीडितलाई क्षतिपूर्तिवापत ९/९ लाख रूपैयाँ दिन सहमति जनाएका हुन्। प्रालिले ९ लाख, बसका मालिक महेन्द्र गौतम