२४ उद्योगलाई भारतबाट ३० हजार मेट्रिकटन गहुँ आयात गर्न अनुमति

५ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि […]

सम्बन्धित सामग्री

गहुँ आयातको कोटा वितरण

छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातको अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको हो। गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्नेछ।