नियम र वरीयता लत्याउँदै कनिष्ठलाई विभागीय प्रमुखमा नियुक्ति, त्यसपछि कार्यविधि संशोधन !

नेपाल वायु सेवा निगमको अपरेशन विभागमा क्याप्टेन दीपुराज ज्वार्चनलाई योग्यता नपुगी निर्देशक बनाएको पाइएको छ । २०७६ भदौ ११ गते फ्लाइट अपरेशन विभागको निर्देशक पदमा नियुक्त गरिएका ज्वार्चनको नियुक्ति नै गैरकानूनी रहेको तथ्य फेला परेको हो । पाइलटहरूलाई उडानको अवसर दिने क्रममा भेदभाव गरेको, विदेशी पाइलटहरूलाई बढी मौका दिएको र उनीहरू (विदेशी पाइलट)लाई पारिश्रमिक दिने क्रममा आयकर समेत कट्टा नगरेको आदि बेथितिमा संलग्न रहेको आरोप लागेका ज्वार्चनको नियुक्तिमै प्रश्न उठेको हो । योग्यताविपरीत नेपाल नागरिक उड्डयन प्राधिकरण...