साउदी अरबले भारतलाई अक्सिजन र कन्टेनर आपूर्ति गर्ने

एजेन्सी। कोरोना महामारीको पीडा झेलिरहेको भारतलाई साउदी अरबले तरल चिकित्सकीय अक्सिजन र त्यसलाई बोक्ने कन्टेनर आपूर्ति गर्ने भएको छ। कोरोनाको दोस्रो लहरका क्रममा भारतमा थुप्रै बिरामीले अक्सिजन अभावका कारण ज्यान गुमाउनु परेको छ। साउदीले आगामी महिना ६० टन तरल अक्सिजनसहित तीन कन्टेनर दिने भएको हो। यसअघि पनि साउदीले भारतलाई अक्सिजन र कन्टेनर सहयोग गरेको थियो।