कामना सेवाका मोबाइल बैंकिङ अब नेपाल पे क्युआर

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको जानकारी दिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङ को क्युआर स्क्यानर बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी अपडेट गरिएको जनाएको छ । यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको जनाइएको छ ।

सम्बन्धित सामग्री

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकि

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकि

केएफसीमा नेपाल पे क्यूआरबाट भुक्तानीगर्दा १० प्रतिशत क्यासब्याक

केएफसी नेपाल रेष्टुरेण्टका ग्राहकले नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १ सयसम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपाल भरीका केएफसी आउटलेटहरुमा पुष २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । स्टाटिक क्युआरको रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट […]

भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटमा पनि ‘नेपाल पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ‘नेपाल पे क्युआर’ लाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा ‘मोको’ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको […]

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

काठमाडौँ। माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो।

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा नेपालपे क्युआर उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङको क्युआर स्क्यान गरेर सिधैं रकम भुक्तानी गर्न मिल्ने गरी एप अपडेट गरेको हो ।  यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको जनाइएको छ ।  यो...

कामना सेवाको के एस मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ  नेस्नल पेमेन्ट स्वीच अन्तर्गत   नेपाल पे क्यु आरलाइ आफ्नो मोबाइल बैंकिङमा एकीकृत गरिएको छ । बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट  नेपाल पे क्यु आरका मर्चेन्टलाई के एस मोबाइलको क्यु आर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्न मिल्नेगरी […]

सानिमा बैंकको मोबाइल बैंकिङ एपमा नेपाल पे क्युआर समायोजन

काठमाडौँ – सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई–बैंकिङ’मा नेपाल पे क्युआर समायोजन गरेको छ। सजिलो ई – बैंकिङ प्रयोगकर्ताले अब नेपाल पे क्युआरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। बैंकले नेपाल पे क्युआर को क्युआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ। यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार […]

नेशनल पेमेन्ट स्वीचमा २९ वित्तीय संस्था आबद्ध

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचल) ले सञ्चालनमा ल्याउन लागेको नेशनल पेमेन्ट स्वीचमा २९ ओटा बैंक तथा वित्तिय संस्था आबद्ध भएका छन् । नेशनल पेमेन्ट स्वीचमा पहिलो चरणमा त्यस बराबरको वित्तीय संस्थाहरू आबद्ध भएका हुन् । बिहीवार एक औपचारिक कार्यक्रम गरेर एनसीएचल र सम्बद्ध वित्तीय संस्थाहरू बीच सम्झौता पनि भएको छ । एनसीएचएल तथा सम्बद्ध बैंक वित्तीयका प्रतिनिधिहरूले सम्झौतापत्र एकआपसमा आदानप्रदान गरेका हुन् । नेशनल पेमेन्ट स्वीचमा १८ वाणिज्य बैक, पाँचओटा विकास बैंक तथा ६ ओटा फाइनान्स कम्पनी गरी २९ बैंक वित्तीय संस्थाहरू आबद्ध भएका छन् । यसैगरी अन्य बैंक÷वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकहरूलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउने बताइएको छ । कार्डबाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरू प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको बताइएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू, वालेट–वालेट बीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरणहरू उपलब्ध हुनेछन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बद्ध भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको बताइएको छ । नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थपसहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।