नवलपरासी - चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालकाे सेवा बन्द भएको छ । अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका सेवा बन्द गरिएको मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै माघ ६ गतेदेखि माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसुति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशाला बाहेक सबै सेवा बन्द गरिएको सूचना अ...