वन्यजन्तुको आक्रमण र कृषि क्षेत्रमा भएको क्षतिपूर्तिबापत ४८ लाख राहत वितरण

लाङटाङ राष्ट्रिय  निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो । गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रु सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ रु ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको रु पाँच लाख ९८ हजार प्रदान गरि