एमाले उपाध्यक्ष पौडेल चीनको भ्रमण गरी स्वदेश फिर्ता

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको प्रतिनिधिमण्डल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएको छ । चारदिने भ्रमणमा चीन गएको उपाध्यक्षसहितको टोली शुक्रबार स्वदेश फर्किएको हो । उनीहरू चीनको कुन्मिङमा भएको ‘इकोनोमिक कोओपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गत सोमबार चीन गएका थिए । भ्रमण दलमा उपाध्यक्ष पौडेलका साथै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलगायत थिए […]