काठमाडौं। नयाँ सेयर लगानीकर्ताहरुका लागि असार मसान्त देखि असोजसम्म सेयरमा लगानी गर्नु उपयुक्त मानिन्छ। विभिन्न कम्पनीहरुले वर्षभरीको नाफा र घाटा निर्धारण गरिसक्ने तथा मुनाफा दिने समय यही भएकाले नयाँ लगानीकर्ताले यो समयमा लगानी गर्नु उपयुक्त हुने विगत दश वर्षदेखि शेयर बजारमा लगानी गरीरहेका लगानीकर्ता नयन बास्तोला बताउँछन्।