निक्षेपकर्ताको बचत सहकारीको सिद्धान्त विपरित लगानी गर्दा समस्याग्रस्त, नक्कली व्यवसायमा ऋण : प्रतिवेदन

वैशाख २२, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बिहीवार समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ ।  समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभुत मुल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदावी कर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गरिन् ।  मन्त्री श्रेष्ठ सहकारीहरुमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नु पर्नेमा जोड दिदै आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको पनि बताइन् ।  सहकारी संस्थाहरुले सहकारीको मुल्य, मान्यता र सिद्धान्तले स्व–उत्तरदायी, इमान्दारी, पारस्परिक सहयोग जस्ता अवधारणलाई आत्मसाथ गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानूनी जिम्मेवारी विपरित हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरु समस्या ग्रस्त बनेको निश्कर्ष समितिले निकालेको छ ।   समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरित कानूनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वभाविक बढी मूल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सम्बन्धित सामग्री

नेपालको ऋण २० खर्ब सात अर्ब नाघ्यो

काठमाडौं :  नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार, गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको हो। गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड बराबर थियो।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, पहिलो त्रैमासिक अवधिसम्म नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर

दशकमै दोब्बर भयो वैदेशिक ऋण

काठमाडौं, पुस ८ । दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण […]

दशकमै दोब्बर भयो वैदेशिक ऋण

दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक ऋणको प्रवृत्ति हेर्दा पछिल्लो पाँच वर्षमा यसको वृद्धिद

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडाैं : प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बहुमतले पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए।  बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रप

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए।...

प्रतिनिधिसभा बैठक : आज अर्थ समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची

काठमाडौं : संघीय संसद्को दुवै सदनका बैठक शुक्रबार पनि बस्दैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने कार्यक्रम छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’ पेश गर्ने कार्यसूची छ।गृहमन्त्री खाँणले ‘ते

समस्याग्रस्त सहकारीकाे प्रतिवेदन मन्त्रीका हातमा

काठमाण्डौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई आज समस्याग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ।समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो।प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउने

मन्त्री श्रेष्ठसमक्ष समस्यामा परेका सहकारीको प्रतिवेदन पेश

सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई समस्यामा परेका सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्यामा परेका भनि घोषणा गरेका सहकारी संस्थाहरुको सम्बन्धमा बिहीबार प्रतिवेदन बुझाएको हो ।समस्यामा रहेका ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मुल्य, मान्यता र सिद्

गुडविल सहकारी ठगीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगी गरेको मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।चैत २२ मा प्रहरीले गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए ।‘संगठित ठगी मुद्दामा अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोप