काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनप्रति कटाक्ष गरेका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘भर्खरै एउटा महाधिवेशन सकियो। समाजवादको नेपाली बाटो भन्ने एउटा पुस्तक पनि देखियो। कति साह्रो ढाँट्न सकेको, पार्टी फुटाउने, आफ्नो पार्टीको सरकार ढाल्ने, अर्काको पछाडि लाग्ने मित्रलाई सत्रु घोषणा गर्ने, प्रतिस्पर्धीलाई मित्र ठान्न