खाग तस्कर सलबलाएपछि गैंडा सुरक्षामा प्रश्न

चितवन राष्ट्रिय निकुञ्जमा एकपछि अर्को गैंडा मारिएको अवस्थामा फेला पर्नुले दुर्लभ वन्यजन्तुको सुरक्षा प्रबन्धमा प्रश्न उठेको छ । निकुञ्जमा भदौयता मात्र खाग निकालिएको अवस्थामा मारिएका तीन गैंडा फेला परे । ती गैंडा सिकार गरिँदा निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षाकर्मीले सुइँको समेत पाउन सकेनन् न गैंडा मारिएको नै तत्काल थाहा पाउन सके । निकुञ्जमा आहार र विचरणस्थल घट्दै जाँदा गैंडालाई प्राकृतिक रूपमै जोगिन मुस्किल परिरहेका बेला चोरीसिकारी नियन्त्रित हुन नसक्नु चिन्ताको विषय हो ।

सम्बन्धित सामग्री

खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ

खुंखार गैंडाको खाग तस्कर तस्करको रुपमा परिचित चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।एआईजी सुवेदीकाअनुसार कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनु

गैंडाको खाग चोरी निकासी गर्ने फरार आरोपी पक्राउ

गैंडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।  विक्रम संवत् २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी २ गैंडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको ...

गैंडा तस्कर गिरोहविरुद्ध निकुञ्जद्वारा मुद्दा दायर

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करीको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र अधिकारीले पक्राउ परेका ५ जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइएको जानकारी दिए । चितवन कालिकाका तारा भनिने वीरमान प्रजा, भरतपुर-२८ का रणबहादुर भनिने जीतबहादुर कुमाल, खैरहनी-६ का आरोष उप्रेती, जाजरकोट शिवालय […]

बुटवलमा गैंडा तस्करले प्रहरीको पेस्तोल खोसेर चलाउँदा एकजना घाइते

काठमाडौं । बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली प्रहार गर्दा तस्कर समूहकै एकजना घाइते भएका