एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मङ्गलबार जानकारी दिएका छन् । चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए।