दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो ।निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो । उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाक