कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद सङ्कलन काउन्टर

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद सङ्कलन काउन्टर सञ्चालन गर्ने  सम्झौता गरेको हो। बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरूबाट पनि भुक्तानी गर्न सकिने छ । नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका थिए ।