बिदाको पाँच दिनमा ट्रमा सेन्टरले गर्‍यो ३६० बिरामीको उपचार,  ९० जनाको अप्रेसन

ट्रमा सेन्टरले चाडबाडको समयमा हुने सम्भावित दुर्घटना र त्यसको उपचारका लागि पूर्वतयारी गरेको थियो। त्यही तयारीका कारण बिदाको ५ दिनमा पनि आपतकालीन अवस्थामा आइपुगेका ३६० जनाले उपचार सेवा पाएका छन्। तीमध्ये १५ जनाको इमर्जेन्सी मेजर अप्रेसन, ६५ जनाको इमर्जेन्सी अप्रेसन र १० जनाको अन ड्युटी अप्रेस भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।