हुम्लाको खार्पुनाथ पहिलो साक्षर गाउँपालिका घोषित

सिमकोट – जिल्लाका सात वटा मध्य पहिलो पटक खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ। साक्षर घोषित हुनका लागि तय भएका सुचकहरु पार भएको कारण खार्पुनाथलाई साक्षर घोषणा गरिएको हो। साक्षर हुन राज्यद्धारा तोकिएका १२ वटा मापदण्ड मध्य अधिकांस पूरा भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो। एक कार्यक्रमकाबिच खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

हुम्लाको खार्पुनाथ पहिलो साक्षर गाउँपालिका घोषित

काठमाडौं।सरकारले नेपाल आयल निगमलाई रकम उपलब्ध गराउने निर्णय गगरेको छ।हुम्लाको खार्पुनाथ पहिलो साक्षर गाउँपालिका घोषित भएको छ।सप्तरीमा कुटपिटबाट ५५ वर्षीया एक महिलाको मृत्यु हुन पुगेको छ।प्रहरीले पोखरामा ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ र शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ।

हुम्लाको पहिलो साक्षर गाउँपालिका बन्दै खार्पुनाथ

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी तीब्र पारिएको छ। दुई वर्षअगाडिदेखि गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी भएको थियो तर कोरोनाको कारण रोकिएको थियो। यसवर्ष भने साक्षर घोषणा गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकालाई साक्षर घोषणा गर्नका लागि २२ वटा बस्तीमा पुस तेस्रो हप्ताबाट साक्षरता कक्षा एकसाथ सञ्चालन […]

साक्षरताले बदलिएको गाउँ

मेरो गाउँ (खार्पुनाथ गाउँपालिका) साक्षर भएको छ । हुम्लामा साक्षर हुने गाउँपालिकामा पहिलो र नमुना गाउँ नै घोषणा भएछ । यो खबर सुनेर आज म धेरै खुसी छु । एक किसिमको सपना पूरा भएको छ । यदि खुला दिसामुक्त घोषणा गाउँजस्तै भएनछ भने । ३४ वर्ष अगाडि म बुहारी बनेर त्यो गाउँ (खर्पेलगाउँ) जाँदा आधाजति मात्र युवा साक्षर थिए होलान् । एसएलसी पास गर्नेको सङ्ख्या ज्यादै न्यून थियो । तीन जना छोरीहरू सरकारकै खर्चमा महिला फिडर छात्रावासमा पढिरहेका थिए । त्यतिबेला त्यो पनि ठूलो कुरा हो । अहिले सम्झिँदा लाग्छ ती छोरीहरू भाग्यमानी नै हुन् । ती छोरीहरूका आमाबाबु विशाल छाती भएका महान् व्यक्ति मान्नुपर्छ । । त्यसपछि त्यो गाउँमा साक्षर हुने महिलामा प