जेठ ८, काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हिमाली क्षेत्रका स्थानीय तहको नतिजा सबैभन्दा छिटो सार्वजनिक भएको थियो ।
ती मध्ये केही स्थानीय तहका जनप्रतिनिधिहरूले भने भौतिक काम नै शुरु गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायतको टिमले आफ्नो गाउँपालिकामा गर्ने भनेका भौतिक पूर्वाधारका कामहरू के कसरी गर्ने भनेर फिल्डमा खटिन शुरु गरेको छ । तस्वीर : मोहनसिंह लालचनको फेसबुकबाट