सुर्खेत। मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न निर्देशन दिएका छन्। गत भदौ २२ र २३ गते जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका हुन्। प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै त्यसको पुनर्निर्माण र सरसफाइ अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो। […]
काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ श्रद्धा र भक्तिभावका साथ सकिएसँगै काठमाडौँ महानगरपालिकाले सरसफाइको काम पनि सम्पन्न गरेको छ । उक्त पर्व सम्पन्न भएसँगै छठ घाट निर्माणका लागि प्रयोग गरिएको सामग्रीहरू पोखरी, दह तथा नदी किनारमा विशेष सरसफाइ कार्य गरिएको कामपा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । यस […]
काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गराएको छ । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीको सुरक्षा प्राप्त गर्दै आएका थिए । यसअघि सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र […]
दीपक चालिसे फ्रान्स । फ्रान्स सरकारले दिलिप गुरुङको नेतृत्वमा रहेको एनआरएनए (गैर आवासीय नेपाली संघ) फ्रान्सलाई आधिकारिक संगठनको रुपमा मान्यता प्रदान गरेको छ। फ्रान्सको सरकारी निकाय प्रिफेक्चर अथोरिटीले गुरुङ नेतृत्वको नेपाली संगठनलाई आधिकारिकता दिएको हो। आधिकारिकता पाएसँगै गुरुङले फ्रान्समा बस्ने नेपालीहरुका लागि यो एकताको सन्देश भएको र यसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरित […]