कोरानाले कहरले शिक्षकलाई बनायो उद्यमी

डडेल्धुरा : डडेल्धुराको अमरगढी-५ का रामशरण रोका। जिल्ला सदरमुकामस्थित एक संस्थागत विद्यालयमा अध्यापन गराइरहेका थिए। उमेरले ३८ वर्षका रोका विगत १० वर्षदेखि नियमित शिक्षण पेशामा रमाइरहेका थिए। शिक्षण पेशामा कार्यरत उनको जीवन सहज नै चलिरहेको थियो। शिक्षण गरेर आएको पैसाले उनका परिवारको दैनिकी सहज रूपमा चलिरहेको थियो। समय तीव्र रुपमा अगाडि बढी रहेको थियो। विश्वव्यापी रुपमा कोरोना भाइरस महामारी फैलियो। महामारी रोक्न सरकारले ११ चैत २०७६ बाट देशभरी लकडाउनको घोषणा गर्‍यो। आम नागरिकको द