कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको नाममा केही बिरामीले राष्ट्रको स्रोतसाधन दुरुपयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो गरेको छ । कतिपय संक्रमित भएर स्वास्थ्य अवस्था जटिल हुँदा पनि स्वास्थ्यकर्मी सम्पर्कमा पुग्न नसकेको अवस्थामा केही संक्रमितले भने स्वास्थ्य अवस्था सामान्य बन्दा समेत अस्पतालबाट डिस्चार्ज हुन नमानेको मन्त्रालयको गुनासो छ ।संक्रमित स्वास्थ्य अवस्था सामान्य बन्दै गएपनि रिपोर्ट नेगेटिभ आउन्जेल डिस्चार्ज हुन नमानेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वार