मेयर र उपमेयरबीचको विवादले मलंगवा नगरपालिकाको सेवा प्रभावित, कार्यालयमा ताला

जनकपुरधाम : सर्लाहीको मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवादका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ। विवाद बढ्दै जाँदा मंगलवारदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि सेवा प्रभावित भएको हो। नगरपालिकाको कार्यालयमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले ताला लगाएका हुन्। विवाद समाधान नभएसम्मको लागि ताला नखुल्ने