हालै निर्वाचित जनप्रतिनिधीसँगको (कम्युनिष्ट पार्टीबाट चुनाव उठी जितेका) संवाद हो यो । कम्युनिष्ट राजनीतिको रापचापमा होमिएर आफूलाई खारिएको बताउने नेताहरु कुनै बेला एक अर्कालाई कस्सिएर हात मिलाउँदै भन्ने गर्थे, ‘कमरेड, तपाईंको भुगोलमा पार्टीको संगठन कस्तो छ ?’ कमरेड शब्दमा कम्युनिष्ट नेता, कार्यकर्ताहरु छुट्टै मिठास पाउँथे, त्यो शब्दमा जति आत्मियता सायद कुनै बेला कम्युनिष्टको झन्डा बोक्नेहरुले अरु कुनैमा भेट्टाउन्नथे ।