दाइजोको लोभमा बाबु–छोराको हत्या : बुहारीसहित तीन जना पक्राउ

सिरहा प्रहरीले बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गापा १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई आज पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।उनीहरूको यही जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो। घाँटी र टा

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।