व्यापार घाटा न्यूनीकरणको योजना ३ महिनाभित्र कार्यान्वयनमा ल्याइने

सरकारले चालू आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक व्यापार घाटा घटाउन आवश्यक कानुन बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट पेश गर्दै अबको तीन महिनाभित्र व्यापार घाटा न्यूनीकरण गर्न आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनमा लग्ने बताएका हुन् । उनले भने- ‘बढ्दै गएको व्यापार घाटा क्रमश घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न ढिला भइसकेको छ । यसलाई सन्तुलन गर्न अबको ३ महिनाभित्र योजना बनाएर कार्यान्वयनमा लगिनेछ ।’ चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले विदेशबाट एक खर्ब ५०