प्रमद्वारा त्रिपक्षीय सहायताको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–चीन–भारतको त्रिपक्षीय सहायताका अवधारणा सार्वजनिक गर्नुभएको छ । हालै मात्र चीनको भ्रमण गरेर आउनुभएका प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङले ‘नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने छ’ भनी उल्लेख गर्नुभएको अवधारणामा आफू पूर्ण सहमत रहेको पनि बताउनुभयो । नेपाल–चीन फ्रेन्डसिप फोरमले राजधानीमा आइतबार आयोजना गरेको ‘बिआरआईको एक दशक ः व्यापार लगानी सम्पर्क सञ्जाल र प्राज्ञिक सम्बन्ध’ विषयक अन्तर्क्रियामा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल–चीन–भारत त्रिपक्षीय सहायताको प्रस्तावमा सहमत हुन आफूले आग्रह गरेको पनि जानकारी दिनुभयो ।