रुकुम – अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आज आइतवार सम्बोधन गर्दै उहाँले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताउनुभएको हो ।
‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन’, उहाँले भन्नुभयो, ‘समग्र विकास र सम्पन्नताको जगमामात्र समाजवाद खडा हुन सक्छ ।’ देशकाे समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उहाँले गठबन्...