घोराहीस्थित बाल अस्पताल बेवारिसे

घोराही उपमहानगरपालिका–१६ सर्रा चोक छेउमा रङ खुइलिएको पुुरानोजस्तो दुुई तले पहेँलो भवन छ । आँगनभरि झार पलाएको छ भने वर्षाैंदेखि भवनको मुल प्रवेशद्वार बन्द छ । भवन अलपत्र देखिन्छ । यो भवन भारत सरकारको सहयोगमा निर्माण भएको १० बेडको बाल अस्पताल हो ।जिल्लामै एकमात्र बाल अस्पताल २०६६ सालमा भारतीय दूतावासको सहयोगमा राप्ती सेवा समाजको पहलमा ६६ लाखको लागतमा निर्माण भएको हो । जसको नाम उमाशंकर नाथ बाल अस्पताल हो । अस्पतालको संरचना निर्माण त भयो तर सेवा सुरु भएन । घोराही उपहानगरपालिका–१६ का देउम