मान्छेले विष खुवाएर कुकुर मारे, त्यही कुकुर खाएर दर्जनौं गिद्ध मरे

'कुकुरलाई त्यसरी मार्न पाइन्न। मारे पनि सुरक्षित रूपमा गाड्नु पर्ने हो। विष खुवाएर कुकुर मारे। चौरमा फालिदिएर फेरि गिद्ध मरे,’ वडाध्यक्ष यादवले भने,‘कुकुर मार्ने मान्छेको खोजी गर्न मैले नगरपालिका र प्रहरीलाई भनेको छु।’

सम्बन्धित सामग्री

‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’

१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग […]

विष खुवाएर मारिएको कुकुर खाएर ६७ गिद्ध मरे

परासी । पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा ६७ वटा गिद्ध मृत फेला परेका हुन् । एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ । सो क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बज