जेठ १५, काठमाडौं । सरकारले प्रत्यक्ष रुपमा विदेशी लगानी भित्र्याउने निजी क्षेत्रलाई सम्मान गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । वैदेशीक लगानी भित्र्याउन उत्प्रेरित गर्नका लागि सरकारले यो व्यवस्था गर्न लागेको हो ।