अनियन्त्रित हुँदै अर्थतन्त्र, ११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापारघाटा
चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि भएर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।
रुस-युक्रेन युद्धको असर वस्तुको मूल्यमा परेको छ । आयातको परिणाभभन्दा बढी लागतका कारण मूलुकमा व्यापारघाटा अनियन्त्रित बन्दै गएको छ । आयात बढ्दै गर्दा त्यसअनुसारको विदेशी मुद्रा आर्जन भने घट्दै गएको छ । रेमिट्यान्स घट्दै गएको, आयात उच्च परिमाणमा बढेको, शोधनान्तर घाटा चुलिएको, बैंक वित्तीय संस्थामा तरलता अभाव रहेकोजस्ता कारण अर्थतन्त्र संकटको अवस्थामा रहेको गभर्नर महाप्रसाद […]