पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ गतेदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुंगाबाट हुने भएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुंगाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा […]