मरणोपरान्त अंगदान गर्ने अभिनेता सविन श्रेष्ठको घोषणा

काठमाडौं : अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने निर्णय गरेका छन्। उनले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर मृत्युपछि अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्। मञ्जुरीनाको फोटोसहित अंगदान गर्नेबारे सविनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरु की…