न्यूरो अस्पतालका कर्मचारीलाई वाणिज्य बैंकले कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस् अस्पताल, बाँसबारीबीच अस्पतालका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा अस्पतालमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीलाई अस्पतालको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने उल्लेख छ । सम्झौताअनुसार अस्पतालका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्ने बताइएको छ । सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास बैंकको छ । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरू आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला लगायतको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

न्यूरो अस्पताल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस् अस्पताल, बाँसवारीबीच सम्झौता भएको छ । अस्पतालका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा भएको सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि […]