जनतालाई उत्पादन अभियानमा जोड्ने नीति र कार्यक्रम बनाउनुपर्ने महसुस गरेको छु : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जनतालाई उत्पादन अभियानमा जोड्नका लागि सरकारले नीति र कार्यक्रमको आवश्यकता महसुस गरेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट-२०२१ को  'अर्थतन्त्रको उपचार' विषयक छलफलमा बोल्दै अर्थमन्त्री शर्माले युवा जनशक्ति र स्रोत परिचालन गरेर अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।