हारिने डरले आफ्नै क्षेत्रमा समय बिताउँदै शीर्ष नेता

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। राजनीतिक दलहरू चुनावी महासंग्राममा होमिँदै गर्दा शीर्ष नेताहरू निर्वाचन क्षेत्र केन्द्रमा लक्षित छन्।समग्रमा दलका उम्मेदवारलाई जिताउनुपर्नेमा दलका शीर्ष नेताहरू यतिबेला आफैंलाई भोट माग्न केन्द्रित छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूले सातवटा प्रदेशमा प्रदेशस्तरीय भेलालाई सम्बोधन गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष

सम्बन्धित सामग्री

ओलीसँग जति निकट त्यति चुनाव जित्न विकट! किन पराजित भए शीर्ष नेता?

काठमाडौं: नेताले पार्टी नेतृत्वलाई रिझाउने प्रयास गर्छन् नै। अझ चुनावका बेलामा त, आफ्नो क्षेत्रमा तानातान नै गर्छन् पार्टी नेतृत्वलाई नेताहरूले। आफ्नो पक्षमा उभिइदिए चुनावमा जित मात्रै होइन राजनीतिक करिअर नै अझ उचाइमा पुग्छ भन्ने मान्यता पनि छ नेताहरूमा। तर नेकपा (एमाले) का नेताको हकमा यो लागू भएन, यस पटक। अध्यक्ष…

चुनावी मैदानमा शीर्ष नेता - कहाँ कसलाई कसको चुनौती ?

काठमाण्डाै - मुख्य दलका शीर्ष नेताहरुमध्ये धेरैले पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । कतिपयले भने नयाँ ठाउँ रोजेका छन् । शीर्ष नेतामध्ये केहीलाई आफ्नै पार्टी र गठबन्धनको चुनौती छ भने धेरैलाई नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा उहाँले ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएको छ । यो क्षेत्रमा कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले वीपी कांग्रेसबाट मनोनयन दर्ता गराउनुभ...

उम्मेदवारी दर्ता जारी : शीर्ष नेता को कहाँबाट?

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र चलिरहेको छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता भइरहेको हो।निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस

जसपालाई दिने १४ सिट खाली राखेर गठबन्धनले गर्‍यो भागबण्डाको सहमति, हस्ताक्षर भोलि

काठमाडौं : सत्ता गठबन्धनले जनता समाजवादी पार्टी नेपाल जसपाको भागमा परेका १४ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ। बालुवाटारमा बसेको शुक्रवारको बैठकले अधिकांश क्षेत्रमा भागबन्डा गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। उनका अनुसार बाँकी एकाध ठाउँमा भोलि शीर्ष नेता बसेर टुंगो लगाउने छन्। 'अधिकांश ठाउँमा…

गठबन्धनको सिट बाँडफाँटः कार्यदलले भोलि प्रतिवेदनलाई अन्तिम रुप दिने

काठमाडौंः सिट बाँडबाँटबारे सत्ता गठबन्धनको कार्यदलको सोमबार बैठकले १६५ निर्वाचन क्षेत्रबारे छलफल गरेको छ। बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार अन्तिम रुप दिने बताए। 'शीर्ष नेता तहबाट जुन जिम्मेवारी कार्यदललाई प्रदान भएको छ। त्यही जिम्मेवारी अनुसार १६५ निर्वाचन क्षेत्रमा सरसर्ती कसको के पोजिसन कस्तो छ भन्नेबारे छलफल गरेका…

चुनावी प्रेसर : मौन अवधि अघि नै शीर्ष नेता आ–आफ्नो क्षेत्रमा पुगे

शुक्रबार देशैभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । चुनावअघिको मौन अवधिमा चुनाव प्रचारप्रसार बन्द गरिन्छ जुन मंगलबार मध्यरातपछि सुरु हुँदैछ । तर, त्यसअघि नै सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नै डडेल्धुरा पुगिसकेका छन् । मंगलबार देउवाले कैलाली र डडेल्धु

मारिए इस्लामिक स्टेट ग्रेटर सहाराका शीर्ष नेता

फ्रान्सले ग्रेटर सहाराका इस्लामिक स्टेटका शीर्ष नेता मारिएको बताएको छ। सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आइएसजीएस) गठन गरेका अदनान अबू वालिद अल–सहरावी मारिएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका हुन्। अफ्रिकाको साहेल क्षेत्रमा आतंककारी आक्रमण गर्दै आएको समूहका नेता मारिनु आतंकवादविरुद्धको लडाइँमा ठूलो सफलता रहेको म्याक्रोँले बताएका छन्। सन् २०२० मा फ्रान्सेली […]

शीर्ष नेता देश दौडाहामा व्यस्त

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।