विदेश जाने श्रमिक र विद्यार्थीलाई खोप लगाउन दुई अस्पताल तोकियो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीको हकमा कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ । साथै मन्त्रालयले खोप लगाउनको लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने जनाएको छ ।